समाज


बेलायतमा अक्सफोर्ड-अस्ट्राजेनेकाद्वारा विकसित कोरोना खोप लगाएका ७ जनाको मृत्यु, २३ व्यक्ति गम्भीर बिरामी

बेलायतमा अक्सफोर्ड-अस्ट्राजेनेकाद्वारा विकसित कोरोना खोप लगाएका ७ जनाको मृत्यु, २३ व्यक्ति गम्भीर बिरामी

नेपालखबर
चैत २१, २०७७ शनिबार १२:०,

बेलायतमा कोरोना खोप लगाएका ७ जनाको मृत्यु भएको छ भने २३ जना गम्भीर बिरामी परेका छन्।

न्युज एजेन्सी एएफपीका अनुसार अक्सफोर्ड विश्वविद्यालय र अस्ट्राजेनेका कम्पनीद्वारा विकसित खोप लगाएका ३० जनाको स्वास्थ्य बिग्रिएको थियो।

बेलायतका मेडिकल अधिकारीका अनुसार खोप लगाएपछि उनीहरूको टाउकोमा रगत जम्ने समस्या देखिएको थियो। सबै जनालाई अस्पताल भर्ना गरिएकामा ७ जनाको मृत्यु भएको हो।

यो खोप युरोपियन मुलुकले प्रतिबन्ध पनि लगाएका थिए
वास्तवमा, गत महिना मार्चमा केही युरोपियन मुलुकले अक्सफोर्ड–अस्ट्राजेनेका खोप प्रयोगमा प्रतिबन्ध लगाएका थिए। किनिकि यो खोप लगाएपछि रगत जम्ने समस्या हुन्छ भनेर मानिस डराउँथे।

तर विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले यो खोप निषेध गर्नुपर्ने कुनै अर्थ नभएको दाबी गरेको छ।

डब्ल्यूएचओका प्रवक्ता मार्गरेट ह्यारिसले भने, ‘हो, हामीले अस्ट्राजेनेका खोप प्रयोग गरिरहनुपर्छ। यो प्रयोग नगर्नुपर्ने कुनै कारण छैन।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad