न्युज अन जापानलाई उदृत गर्दै डेली मेलले दिएको जानकारी अनुसार जापानका अधिकतम सार्वजनिक विद्यालयहरुमा विद्यार्थीहरुले सेतो अन्डरवेयर र सेतो ब्रा लगाउनुपर्ने नियम लागू थियो।
यो नियमअनुसार पुरुष तथा महिला विद्यार्थीले सेतो अन्डरवेयर र ब्रा नलगाए उनीहरुलाई जरिवाना गरिन्थ्यो।
शिक्षकहरुले दुवै लिंगका विद्यार्थीले कस्ता भित्री पोशाक लगाए भनेर पनि निगरानी गर्नसक्थ्ये।
तर मानवअधिकारवादी संस्थाहरुको विरोधपछि जापानको प्रशासनले यो नियम हटाएको हो।
यो विवादस्पद नियमले विद्यार्थीको गोपनियतासँगै उनीहरुको मानवअधिकार नै भंग भएको आवाज उठेपछि विद्यालयहरुले दबाब झेलेका थिए।
अन्ततः यो नियम हटेसँगै विद्यार्थीहरु खुशी भएका छन्। पहिले विद्यार्थीहरुलाई चेन्जिङ रुममा लगेर उनीहरुको भित्री पोशाक सेतो छ छैन भनेर परीक्षण गरिन्थ्यो।
विद्यार्थीमाथि जुत्तामा लगाउने मोजा पनि सेतै लगाउन दबाब आउथ्यो। विद्यार्थीहरुले भने यस्तो अन्यायविरुद्ध केही बोल्न सक्दैन थिए।
Shares

प्रतिक्रिया