आफ्नै बच्चा मारेको अभियोगमा कास्कीको नौडाँडाबाट एक महिला पक्राउ परेकी छन्।
बिहीबार दिउँसो साढे ११ बजे बागलुङको ढोरपाटन नगरपालिका ३ घोसाखानीकी २२ वर्षीया गिता कुँवर सुनारलाई कास्कीबाट पक्राउ गरिएको कास्कीका प्रहरी प्रवक्ता डीएसपी सुवास हमालले बताए।
उनी कास्कीको अन्नपूर्ण गाँउपालिका २ नौडाँडा बस्दै आएकी थिइन्। उनले आफ्नै ४२ दिनको शिशुलाई मारेको अभियोगमा जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो।
उनीविरुद्ध कर्तव्य ज्यान मुद्दामा जिल्ला अदालत कास्कीबाट ५ दिन म्याद लिएर अनुसन्धान सुरु गरिएको डीएसपी हमालले बताए।
3
Shares

प्रतिक्रिया