ad ad

समाज


१५१ आरोहीलाई सगरमाथासहितका हिमाल आरोहणको अनुमति

१५१ आरोहीलाई सगरमाथासहितका हिमाल आरोहणको अनुमति

नेपालखबर
चैत २०, २०७७ शुक्रबार १:४१,

पर्यटन विभागले सगरमाथासहितका विभिन्न हिमाल आरोहणका लागि २० आरोही समूहलाई अनुमति दिएको छ। विभागले सगरमाथा, अन्नपूर्ण, मनास्लु, धौलागिरि, ल्होत्से, पुमरी, नुप्से र टुकुचे हिमाल आरोहण गर्ने अनुमति दिएको हो।

२० आरोही समूहका १५१ आरोहीलाई आरोहण अनुमति प्रदान गरिएको विभागले जनाएको छ। ६ आरोही समूहले बिहीबार मात्रै आरोहण अनुमति पाएका विभागको पर्वतारोहण शाखाका अधिकृत भीष्म भट्टराईले जानकारी दिए।

विभागका अनुसार हालसम्म सगरमाथा (८,८४८.८६ मिटर) आरोहणका लागि सबैभन्दा बढी सात आरोही समूहले अनुमति पाएका छन्। त्यसैगरी ल्होत्से (८,५१६ मिटर) र नुप्से (७,८६४ मिटर) हिमाल आरोणको लागि मा दुईदुई समूहले आरोहण अनुमति पाएका विभागले जनाएको छ।

यसैगरी पुमरी (७,१६१ मिटर) आरोहणको लागि एउटा समूहले अनुमति पाएको छ भने अन्नपूर्ण हिमाल (८,०९१ मिटर) आरोहणका लागि चार र धौलागिरि हिमाल (८,१६७ मिटर) मा दुई, मनास्लु हिमाल (८,१६३ मिटर) मा एक आरोही समूहले अनुमति पाएको छ।

वसन्त याम हिमाल आरोहणका लागि उपयुक्त मौसम मानिन्छ। वसन्तयामको आरोहणका लागि विभागले धमाधम आरोहण अनुमति जारी गर्न थालेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .