गोदरेज होम एप्लाएन्स नेपालले नयाँ वर्ष २०७८ को शुभ–अवसरमा विशिष्ट क्यासब्याक अफर लिएर आउँदैछ।
गोदरेज होम एप्लाएन्स नेपाली बजारमा उपलब्ध होम एप्लाएन्स ब्रान्डहरुमध्ये एक चिरपरिचित ब्रान्ड हो। रेफ्रिजेरेटर, वासिङ मेशिन, माईक्रोवेभ ओभन, चेस्ट फ्रिजर, एयर कुलर, भाइरोसिल्ड, आदि गोदरेजका विश्वस्तरीय होम एप्लाएन्सहरु हुन्।
नयाँ वर्षको उपलक्ष्यमा ग्राहकहरुले यहि चैत ११ देखि गोदरज होम एप्लाएन्सका सामानहरु खरिद गर्दा रु. १८ हजारसम्मको क्यासब्याक तुरुन्तै पाउन सकिनेछ।
जस अन्तर्गत १० वर्षको वारेन्टी भएको रेफ्रिजेरेटरको खरिदमा रु. १७ हजार नौसय सम्मको क्यासब्याक, ५ वर्षको वारेन्टी भएको चेस्ट फ्रिजरमा रु. १८ हजारसम्मको क्यासब्याक, १० वर्षको वारेन्टी भएको वासिङ मेशिनमा रु. १३ हजार एक सयसम्मको क्यासब्याक र एक्स्ट्रा वासिङ पाउडर सित्तैमा, माईक्रोवेभ ओभनमा रु ६ हजार नौ सय सम्मको क्यासब्याक, एयर कुलरमा रु तीन हजार पाँच सयसम्मको क्यासब्याक र केही समयअघि मात्रै नेपाली बजारमा ल्याइएको कोभिड–१९ तथा अन्य रोग सार्ने कीटाणुको ९९ प्रतिशतभन्दा बढी विसंक्रमीकरण गर्ने युभीसि टेक्नोलोजीबाट निर्मित भाइरोसिल्डको खरिदमा रु. तीन हजार सात सयसम्मको क्यासब्याक पाईने कम्पनीले जानकारी गराएको छ।
नयाँ वर्षको समयमा आफ्नो घरका लागि प्रिमियम तथा वातावरणमैत्री होम एप्लाएन्स खरिद गर्न चाहनेहरुका लागि गोदरेजको यो अफर निकै नै उत्कष्ट रहेको पनि बताइएको छ।
यस गोदरेज ब्रान्डलाई चौधरी ग्रुप अन्तर्गत रहेको सिजी ईलेक्ट्रोनिक्सको ईओएल प्रा. लि. ले नेपाली बजारमा बिक्री वितरण गर्दै आईरहेको छ।

प्रतिक्रिया