चीन सरकारले अनुदानमा दिएको ८ लाख डोज कोरोनाविरुद्धको खोप नेपालले ४० देखि ५९ वर्षउमेर समूहका व्यक्तिलाई लगाउँने भएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको बुधबार बसेको इन्सिडेन्ट कमान्ड सिस्टमको बैठकले उक्त निर्णय गरेको हो।
मन्त्रालयका प्रवक्ता प्रा.डा.जागेश्वर गौतमका अनुसार पूर्वाधारको हिसाबले उपर्युक्त अस्पतालबाट ४० देखि ५९ वर्ष उमेरसम्मका व्यक्तिलाई उक्त खोप लगाइनेछ।
तर उक्त समूहमा पनि कुन व्यक्तिले प्राथमिकता पाउँछन् भन्नेकुरा राष्ट्रिय खोप सल्लाहकार समितिको परामर्शपछि मात्रै तय गरिने उनले बताए।
चीन सरकारले ८ लाख मात्रा खोप (सेरोभेल) नेपाललाई उपलब्ध गराएको थियो। उक्त खोप सोमबार नै नेपाल आइसकेको छ।

प्रतिक्रिया