समाज


चार भन्दाबढी सन्तानलाई सैनिक सेवामा लगाउने आमा-बाबुलाई सेनाले सम्मान गर्ने

चार भन्दाबढी सन्तानलाई सैनिक सेवामा लगाउने आमा-बाबुलाई सेनाले सम्मान गर्ने

नेपालखबर
चैत १७, २०७७ मंगलबार ११:०,

नेपाली सेनाले एकै परिवारका चार जना भन्दा बढी सन्तानलाई सैनिक सेवामा लगाउने आमा बुवालाई सम्मान गर्ने भएको छ।

सेनाले यस वर्षको भूपू सैनिक सम्मेलनमा एकै परिवारबाट ४ जना भन्दा बढी सन्तानले नेपाली सेनामा सेवा गरेका आमा–बुबालाई सम्मान गर्ने जनाएको हो।

भूतपूर्व सैनिकहरुको हित, सेवा सुविधा र गुनासाहरुको सम्बन्धमा धारणा बनाउनका लागि गरिने भूतपूर्व सैनिक सम्मेलन प्रभावकारी हुने गरेको नेपाली सेनाले जनाएको छ।

नेपाली सेनाले गरिरहेका विभिन्न काम, कारबाहीको बारेमा अवकाशप्राप्त सैनिकहरुलाई जानकारी गराउने तथा भूपू सैनिक र उहाँहरुका परिवारको हितका लागि भएका कार्यक्रमको जानकारी गराउने उद्देश्य साथ भूपू सैनिक गर्दै आएको छ।

सम्मेलनमा भूपू सैनिकका आवश्यकताहरु पहिचान गरी नेपाली सेना कल्याणकारी बोर्डले सञ्चालन गर्ने विभिन्न योजना र कार्यक्रमहरुको नीति तय गर्ने र उनीहरुको गुनासो, पिरमर्का, राय र सुझाव संकलन गरि नीति निर्माण गरिने हुँदा सम्मेलन प्रभावकारी हुने गरेको नेपाली सेनाका प्रवक्ता सन्तोषवल्लभ पौड्यालले बताए।

नेपाली सेनाले नेपाली सेना सैनिक कल्याणकारी बोर्ड अन्र्तगत प्रत्येक प्रदेशमा कार्यालय खडा गरी सो क्षेत्रमा बसोबास गर्ने अवकास प्राप्त सैनिकहरुको तथ्यांक संकलन गर्ने र सम्पर्कमा रहिरहने गरेको प्रवक्ता पौड्यालले जानकारी दिए। प्रत्येक जिल्लामा भूपू सैनिक फोकल पर्शन नै तोकेर जिल्लाभरिका अवकास प्राप्त सैनिकहरुसँग सम्पर्कमा रहने गरिएको पनि उनको भनाई छ।

भूपू सैनिक सम्मेलनमा भूपू सैनिकहरुले शिक्षामा अहिले भइरहेको संरचनालाई बिस्तार गरेर थप गर्दै लानुपर्ने सुझाव दिने गरेका छन्। त्यसैगरी स्वास्थ्यको क्षेत्रमा सेवा, सुविधा, आवश्यकता तथा समस्याको बारेमा सुझाव दिनुका साथै स्वरोगार बन्नको लागि तालिम र ऋण सहयोग लगायतको कुरामा माग गर्ने गरेको नेपाली सेनाका प्रवक्ता पौड्यालले बताए।

यसअघि भूतपूर्व सैनिक सम्मेलनमा आएका सुझावका आधारमा नेपालगञ्ज, इटहरी र पोखरामा ३ वटा क्षत्रीय अस्पतालको निर्माण गरिएको तथा धनगढी र बर्दिवासमा पनि अस्पताल निर्माणको तयारी गरिएको नेपाली सेनाका प्रवक्ता पौड्यालले बताए। भूतपूर्व सैनिक सम्मेलनमा आउने पृष्ठपोषणको आधारमा आगामी दिनमा नयाँ कार्यक्रम बनाउने, नीति निर्माण गर्ने, सुविधा, सहुलियतहरुलाई परिमार्जन गर्ने र स्वीकृत गराएर कार्यान्वयन गर्ने काम गरिने उनको भनाई छ।

नेपाली सेनाले गर्दै आएको भूतपूर्व सैनिक सम्मेलन केही समय रोकिएको थियो। २०७० साल असोजमा नेपाली सेना कल्याणकारी बोर्ड गठन भएपश्चात् भूतपूर्व सैनिक सम्मेलनको निरन्तरता हुन थालेको हो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad