काठमाडौंको ठमेलमा चिनियाँ नागरिकको कोठाबाट लुटपाट भएको छ।
सोमबार राति काठमाडौं महानगरपालिका–२६ ठमेलमा डेरा गरी बस्ने ३४ वर्षीया चिनियाँ नागरिक युन सियोमेको कोठाबाट सुनका गहना लुटपाट भएको हो।
प्रहरीका अनुसार सियोमेको कोठाबाट २ तोला बराबरको सुनका औंठी, बाला र तिलहरी लुटपाट भएको काठमाडौं प्रहरीले जनाएको छ।
चार जना अपरिचित नकावधारी व्यक्तिहरूले उनका दुई जना नेपाली नातेदारहरूलाई नियन्त्रणमा लिई हातखुट्टा बाँधेर उक्त गहना लुटी फरार भएको बताइएको छ।
घटनाको खवरलगत्तै महानगरीय प्रहरी वृत्त जनसेवाबाट खटिएको प्रहरीले लुटेराहरूको खोजी गरिरहेको बताइएपनि हालसम्म पक्राउ गर्न सकेको छैन।

प्रतिक्रिया