धनुषा जिल्लाको मिथिला नगरपालिका–८ कुसुम बिछौनामा होली खेल्ने क्रममा विवाद हुँदा एक जनामाथि चक्कु प्रहार भएको छ ।
सोही स्थान बस्ने २९ वर्षीय रोशन महतोलाई धारिलो हतियार चक्कु प्रहार गरी घाइते बनाएको अभियोगमा प्रहरीले २८ वर्षीय प्रमोद कुमार महतोलाई पक्राउ गरेको छ।
होली खेल्ने विषयमा विवाद हुँदा अचानक चक्कु प्रहार गरी गम्भीर घाइते बनाएको भन्ने खबर प्राप्त हुनासाथ अस्थाई प्रहरी पोष्ट बडहरी र ईलाका प्रहरी कार्यालय ढल्केवरबाट खटिएको प्रहरीले चक्कु प्रहार गर्ने प्रमोदलाई पक्राउ गरेको हो।
घाइते रोशनको प्रादेशिक अस्पताल जनकपुरमा उपचार भइरहेको छ। यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।

प्रतिक्रिया