समाज


नयाँ सदस्यता विधानसम्मत गर्न चौतारीको ध्यानाकर्षण

नयाँ सदस्यता विधानसम्मत गर्न चौतारीको ध्यानाकर्षण

नेपालखबर
चैत १३, २०७७ शुक्रबार १६:१४,

प्रेस चौतारी नेपालले नेपाल पत्रकार महासंघको नयाँ सदस्यता वितरण विधानसम्मत नभएको उल्लेख गर्दै ज्ञापनपत्र बुझाएको छ।

चौतारीका अध्यक्ष गणेश बस्नेत सहितको समूहले आज महासंघमा पुगेर विधानसम्मत तरिकाले नयाँ सदस्यताको टुंगो लगाएर मात्र निर्वाचन प्रक्रिया अगाडि बढाउन निर्वाचन समितिका संयोजक कपिल काफ्लेलाई उक्त ज्ञापनपत्र बुझाएको हो।

महासंघको विधानअनुसार नयाँ सदस्यता स्वीकृत, अनुमोदन र स्थानान्तरण गर्ने कार्य सम्बन्धित समितिको निर्वाचन हुनुभन्दा छ महिना पहिलो भइसक्नुपर्नेछ भन्ने व्यवस्था रहेको छ।

निर्वाचन समितिले प्रकाशन गरेको मतदाता नामावलीमा महासंघको विधानमा भएको व्यवस्थाविपरीत मनोमानी ढंगले पक्षधरताका आधारमा आग्रह पूर्वाग्रहका राखी अध्यक्ष र महासचिवले पठाएको नामावली जस्ताको तस्तै प्रकाशन गरेको ज्ञापन पत्रमा छ।

चौतारीका अध्यक्ष बस्नेतले महासंघको विधानसम्मत ढंगले सदस्यताको टुङ्गो लगाई अन्तिम नामावली प्रकाशन र नयाँ सदस्यता प्रदान गर्न महासंघबाटै तोकिएको विधि टुङ्ग्याउन माग गरे।

समितिका संयोजक काफ्लेले आफूले यसबारेमा अध्ययन गर्ने र महासंघको विधिबाटै नयाँ सदस्यताको टुंगो लगाउने प्रतिवद्धता व्यक्त गरे। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad