समाज


अम्बानी प्रकरण : निलम्बित प्रहरी अधिकारी वझेको खुल्दै कर्तुत

अम्बानी प्रकरण : निलम्बित प्रहरी अधिकारी वझेको खुल्दै कर्तुत

नेपालखबर
चैत १३, २०७७ शुक्रबार १०:१७,

भारतका प्रसिद्ध उद्योगपति मुकेश अम्बानीको घरछेउ विस्फोटक पदार्थसहित छाडिएको स्कार्पियोका धनी भनिएका मनसुख हिरेनको हत्या सम्बन्धमा राष्ट्रिय अनुसन्धान एजेन्सी (एनआईए) ले हरेक कोणबाट अनुसन्धान गरिरहेको छ।

एनाईएका अधिकारीका अनुसार हिरेनको पोस्टमार्टम गर्ने बेला हाल निलम्बित मुम्बईका सहायक प्रहरी निरीक्षक सचिन वझे सरकारी अस्पतालमा थिए भन्ने ठोस प्रमाण पाइएको छ।

यसकारण एनआईएले अब हिरेनको पोस्टमार्टमा संलग्न ३ चिकित्सकसँग वझेको संलग्नताबारे विभिन्न प्रश्न गर्नेछ।

मनसुखका भाइलाई भेटेका थिए वझेले
एनआईएको अनुसन्धानबाट वझे मार्च ५ साँझ साढे ६ बजे ठाणेस्थित सरकारी अस्पताल पुगेका थिए। उनले अपराध शाखाका अधिकारी अलकनुरसँग कुरानकानी गरेका थिए। साथै अनुसन्धानबाट के पनि पत्ता लागेको छ भने वझेले मनसुखका भाइ विनोदसँग पनि भेटघाट गरेका थिए।

डायटम रिपोर्टले उब्जायो प्रश्न
भारतीय सञ्चारमाध्यमका अनुसार मनसुख हिरेनको हत्या सम्बन्धमा डायटम रिपोर्टले धेरै प्रश्न उत्पन्न गराएको छ। स्रोतका अनुसार मनसुखलाई पहिले तीन/चार जनाले कुटे र त्यसपछि पानीमा फ्याँकिदिए। तर डायटम रिपोर्टले अर्कै कथा बताउँछ।

रिपोर्टअनुसार मनसुखको मृत्यु पानीमा डुबेका कारण भएको थियो। महाराष्ट्र आतंकवादविरोधी दस्ता (एटीएस) का डीआईजीले उक्त रिपोर्टलाई हरियाणा पठाएका छन्। एनआईए रिपोर्टको प्रतीक्षामा छ।

अम्बानीको घरमा विस्फोटक पदार्थ : निलम्बित प्रहरी अधिकारी वझेविरुद्ध ठूलो मुद्दा

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad