कीर्तिपुर क्रिकेट मैदानमा नेपाली राष्ट्रिय क्रिकेट टोलीले अर्को महिना नेदरल्याण्ड्स र मलेसियासँग त्रिदेशीय टी२० क्रिकेट प्रतियोगिता खेल्ने भएको छ।
नेपाल क्रिकेट संघ(क्यान)ले आगामी अप्रिल १७ देखि २४ सम्म टी२० इन्टरनेशनल शृंखला आयोजना गर्नलागेको हो।
डबल राउण्ड रोबिनका आधारमा हुने प्रतियोगिताको शीर्ष दुई टोलीले फाइनल खेल्नेछन। प्रतियोगिताका लागि क्यानले बजाज पल्सर र शिवम् सिमेन्टसँग पनि सम्झौता गरिसकेको जनाएको छ।
कोरोना महामारीपछि नेपालमा हुनलागेको यो पहिलो अन्तर्राष्ट्रिय क्रिकेट शृंखला हो। खेलाडी तथा अफिसिएलहरुको पीसीआर परीक्षणपछि मात्रै खेल खेलाइने क्यानले जनाएको छ।
क्यानका अध्यक्ष चतुरबहादुर चन्दले नेपालको निम्तो स्वीकारेकोमा दुवै देशलाई धन्यवाद दिए।
नेपालमा अन्तर्राष्ट्रिय क्रिकेट फर्किएकोमा उनले खुसी व्यक्त गरे।


प्रतिक्रिया