ad ad

समाज


चट्याङ र चुरेबाट बग्ने नदीबाट बच्नुस् : मौसम महाशाखा

चट्याङ र चुरेबाट बग्ने नदीबाट बच्नुस् : मौसम महाशाखा

नेपालखबर
साउन २८, २०७६ मंगलबार २:१२,

आज (मंगलबार) देशका केही स्थानमा मेघ गर्जन/चट्याङसहित वर्षा हुने सम्भावना रहेकाले सतर्क रहन मौसम पूर्वानुमान महाशाखाले आग्रह गरेको छ।

साथै पश्चिम पहाड तथा पूर्वका एक-दुई स्थानमा भारी वर्षाको समेत सम्भावना रहेकाले बाढीपहिरोबाट बच्न महाशाखाले अनुरोध गरेको छ।

मंगलबार बिहान २४ घण्टे चेतावनी तथा परामर्श जारी गर्दै महाशाखाले भनेको छ- ‘देशका केही स्थानमा मेघगर्जन/चट्याङसहितको वर्षा हुने सम्भावना रहेकाले त्यसबाट बच्न आवश्यक सतर्कता अपनाउन अनुरोध छ।’

‘देशका पश्चिमी पहाडी भूभाग तथा पूर्वी भूभागका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना छ। जसले गर्दा चुरेबाट बहने नदीमा पानीको बहावमा आकस्मिक वृद्धि हुन सक्ने भएकाले नदी आसपासमा रहनेहरु सतर्क रहुनुहोला,’ महाशाखाले जारी गरेको सूचनामा भनिएको छ- ‘यसका साथै सडक यातायातमा पहिरो/भूक्षयका कारण अवरोध आउन सक्ने भएकाले यात्रा गर्दा सामान्य सतर्कता अपनाउन अनुरोध गरिन्छ।’

महाशाखाका मौसमविद् समीर श्रेष्ठका अनुसार अहिले काठमाडौैं उपत्यकासहित लगभग देशभर मौसम बदली छ। तर दिउँसो बादल हटेर पश्चिमी क्षेत्रबाहेक देशका अन्य स्थानमा मौसम केही खुल्ने सम्भावना रहेको उनले बताए।

साँझपख भने मौसम बदली भएर काठमाडौं उपत्यकासहित देशका केही स्थानमा मेघ गर्जन/चट्याङसहित वर्षाको सम्भावना रहेको मौसमविद् श्रेष्ठले बताए।

साथै पश्चिम पहाड तथा पूर्वका एक/दुई स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको उनले बताए।

पश्चिमी क्षेत्रमा न्यून चापीय रेखा तथा मध्य र पूर्वी भेगमा पश्चिम बंगालमा विकसित न्यून चापीय क्षेत्रको असर रहेको मौसमविद् श्रेष्ठले जानकारी दिए।

मौमस महाशाखाले जारी गरेको आगामी तीन दिनको मौसम पूर्वानुमान

श्रावण २८ गते मंगलबार
दिउँसो :  देशभर आंशिकदेखि सामान्यसम्म बदली रही केही स्थानमा मेघ गर्जन/चट्याङसहित हल्कादेखि मध्यमसम्म वर्षा हुनेछ।
राति :  देशका धेरैजसो स्थानमा सामान्यतया बदली रही पूर्वका केही स्थानमा साथै मध्य तथा पश्चिमका थोरै स्थानमा हल्कादेखि मध्यमसम्म वर्षाको सम्भावना छ। देशको पूर्वी तराई भूभागका एक वा दुई स्थानमा भारी वर्षाको सम्भावना छ।

श्रावण २९ गते बुधबार
दिउँसो : देशका धेरैजसो स्थानमा आंशिकदेखि सामान्यसम्म बदली रही केही स्थानमा मेघ गर्जन/चट्याङसहित हल्कादेखि मध्यमसम्म वर्षा हुनेछ। देशको पहाडी भूभागका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना छ।
राति : देशका धेरैजसो स्थानमा सामान्यतया बदली रही केही स्थानमा हल्कादेखि मध्यमसम्म वर्षा हुनेछ । देशको पूर्वी तथा पश्चिमी भूभागका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना छ।

श्रावण ३० गते बिहीबार
दिउँसो : देशका धेरैजसो स्थानमा आंशिकदेखि सामान्यसम्म बदली रही केही स्थानमा मेघ गर्जन/चट्याङसहित हल्कादेखि मध्यमसम्म वर्षा हुनेछ। देशको पहाडी भूभागका तथा तराईका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना छ।
राति : देशका धेरैजसो स्थानमा सामान्यतया बदली रही केही स्थानमा हल्कादेखि मध्यमसम्म वर्षा हुनेछ । देशको पूर्वी तथा पश्चिमी भूभागका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना छ।

 

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .