ad ad

छापा खबर


मृत्यु भइसकेका भनिएका राष्ट्रपति जब बैठकमा सार्वजनिक भए...

मृत्यु भइसकेका भनिएका राष्ट्रपति जब बैठकमा सार्वजनिक भए...

नेपालखबर
साउन २८, २०७६ मंगलबार २:९,

केही समयअघि मृत्यु भइसकेको हल्ला चलाइएका तुर्केमिनिस्तानका राष्ट्रिपति गुर्वान्गुली बदिमुखामेदोभ सोमबार सार्वजनिक भएका छन्।

क्यास्पियन सि रिसोर्ट शहरमा आयोजित क्षेत्रीय नेताहरुको सहभागिता रहेको आर्थिक मञ्चको बैठकमा उनी उपस्थित भएका खबर आजको समाचारपत्र दैनिकले छापेको छ।

गएको महिना सम्पूर्ण रुसी भाषाका सञ्चार माध्यमले उनको मृगौलाको खराबीको कारण मृत्यु भएको समाचार दिएका थिए।

त्यस्तो हल्ला फैलिएपछि उनी सोमबार पहिलोपटक सार्वजनिक कार्यक्रममा देखिएका हुन्।

क्षेत्रीय बैठकमा उनले भाग लिएको देखिएपछि सो हल्ला गलत सावित भएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .