समाज


भारतमा तीव्र गतिमा बढ्दै कोरोना संक्रमण, एकैदिन थपिए ५३ हजार बढी संक्रमित

भारतमा तीव्र गतिमा बढ्दै कोरोना संक्रमण, एकैदिन थपिए ५३ हजार बढी संक्रमित

नेपालखबर
चैत १२, २०७७ बिहिबार ५:१८,

भारतमा फेरि कोरोना भाइरसको संक्रमण तीव्र बन्दै गएको छ। पछिल्लो २४ घण्टामा थप ५३ हजार ४७६ जनामा संक्रमण पुष्टि भएको केन्द्रीय स्वास्थ्य मन्त्रालयले जनाएको छ।

पछिल्लो ५ महिनापछिको यो सबैभन्दा उच्च संक्रमण हो। पछिल्लो ५ दिनदेखि भारतमा दैनिक संक्रमितको संख्या ४० हजारभन्दा माथि थियो।

त्यस्तै पछिल्लो २४ घण्टामा २५१ जना संक्रमितको मृत्यु भएको छ। योसँगै भारतमा कोरोनाका कारण मृत्यु हुनेको संख्या १ लाख ६० हजार ६९२ पुगेको छ।

त्यस्तै पछिल्लो २४ घण्टामा २६ हजार ४९० जना संक्रमित निको भएका छन्। योसँगै निको हुनेको संख्या १ करोड १२ लाख ३१ हजार ६५० पुगेको छ।

योसँगै भारतमा कुल कोरोना संक्रमितको संख्या १ करोड १७ लाख ८७ हजार ५३४ पुगेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad