राजनीति


नेपाल पक्षले बोलायो एमाले केन्द्रीय कमिटी बैठक

नेपाल पक्षले बोलायो एमाले केन्द्रीय कमिटी बैठक

नेपालखबर
चैत १२, २०७७ बिहिबार ५:९,

नेकपा (एमाले) को माधवकुमार नेपाल पक्षले केन्द्रीय कमिटी बैठक बोलाएको छ।

एक नेताका अनुसार बैठक भोलि शुक्रबार बिहान ११ बजे राख्न लागिएको हो।

बैठकमा उपत्यकामा उपलब्ध केन्द्रीय सदस्यलाई बोलाइएको छ।

पार्टीभित्र अहिले देखिएको विवादमा अब कसरी अघि बढ्ने भन्ने विषयमा छलफल गर्न बैठक बोलाइएको नेपाल पक्षले जनाएको छ। 

अध्यक्ष केपी शर्मा ओली पक्षले राखेका केन्द्रीय समिति तथा संसदीय दलको बैठक बहिष्कार गरेका नेपाल–खनाल पक्षले अलग्गै बैठक डाकेको हो।

सर्वाेच्च अदालतले दुई दल मिलेर बनेको नेकपा अवैधानिक भन्दै यसमा मिसिएका पहिलेकै एमाले र माओवादी केन्द्र कायम गर्ने फैसला गरेपछि एमालेमा तीव्र विवाद सुरु भएको हो।

फागुन २३ गते अदालतले फैसला गरेको थियो भने त्यसको ५ दिनपछि २८ गते आफूनिकट केन्द्रीय सदस्य मात्र बोलाएर अध्यक्ष केपी शर्मा ओलीले एकलौटी निर्णय गरेका थिए। माधव नेपाल–झलनाथ खनाल पक्षका सबै नेताका पद र जिम्मेवारी खोस्दै उनले गृहमन्त्री रामबहादुर थापासहित माओवादी केन्द्रका २३ नेतालाई एमालेको केन्द्रीय सदस्य बनाएका छन्।

जुन निर्णय अवैधानिक भन्दै नेपाल–खनाल पक्षले विरोध गरिरहेको छ। अलग्गै भेला/बैठक मात्र होइन, कतिपय भ्रातृ संगठनका समानान्तर कमिटीसमेत गठन गरिरहेको छ।

उता ओली पक्षले भने यही गतिविधिका कारण वरिष्ठ नेता नेपाल, भीम रावल, सुरेन्द्र पाण्डे र घनश्याम भुसाललाई स्पष्टीकरण मागेको छ। जसको जवाफसहित ओलीलाई पनि प्रश्न गर्ने तयारी गरिरहेका उनीहरूले फागुन २८ का निर्णय नसच्चिएसम्म आफ्ना गतिविधि जारी राख्ने जनाएका छन्।

यसै क्रममा नेपाल पक्षले शुक्रबारका लागि केन्द्रीय कमिटी बैठक बोलाएको हो। जबसम्म २०७५ जेठ २ गते अर्थात् माओवादी केन्द्रसँग एकीकरण हुनुअघिको कमिटी कायम हुँदैन तबसम्म विरोध नरोकिने उसको अडान छ।

यी पनि :

स्पष्टीकरण दिने नेपाल पक्षको तयारी : राजनीतिक रूपमा खुला जवाफ, ओलीलाई प्रश्न पनि

माधव नेपाललाई आफ्ना नेताहरूको सुझाव : लडाइँ रिङबाहिर बसेर होइन, भित्रै छिरेर गरौं

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad