समाज


कोरोना जोखिम बढेपछि उपत्यकामा कडाइ, ललितपुरमा रात्रिकालीन व्यवसायमा प्रतिबन्ध

कोरोना जोखिम बढेपछि उपत्यकामा कडाइ, ललितपुरमा रात्रिकालीन व्यवसायमा प्रतिबन्ध

नेपालखबर
चैत १२, २०७७ बिहिबार ४:५४,

छिमेकी मुलुक भारतमा कोरोना संक्रमण तीव्र बनेपछि काठमाडौं उपत्यकामा कडाइ गरिएको छ।

उपत्यकाका तीनवटै (काठमाडौं, ललितपुर र भक्तपुर) जिल्ला प्रशासन कार्यालय छुट्टाछुट्टै विज्ञप्ति जारी गरी जनस्वास्थ्य सुरक्षा मापदण्ड पालना गर्न सबैमा आग्रह गरेको हो।

अन्यथा संक्रामक रोग ऐन, २०२० बमोजिम कारबाही गरिने चेतावनी पनि उनीहरूले दिएका छन्।

ktmsu11

तीनवटै जिल्ला प्रशासन कार्यालयले यही चैत १५ र १६ गते पर्ने होली पर्व घरमै मनाउन नागरिकलाई आग्रह गरेका छन्।

भीडभाड नगर्न, मास्क लगाउन तथा स्यानिटाइजर प्रयोगजस्ता नियम अनिवार्य पालना गर्न आग्रह गरिएको छ।

ललितपुर जिल्ला प्रशासनले रात्रिकालीन व्यवसाय राति ११ बजेउता गर्न पनि प्रतिबन्ध लगाएको छ।

lalitpubii

भक्तपुरले पनि सूचना जारी गरी अर्को व्यवस्था नभएसम्म मेला, जात्रा, सांस्कृतिक कार्यक्रम नगर्न भनेको छ।

bhaktapursuu

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad