आज (बिहीबार) ललितपुरका डेढ दर्जनभन्दा बढी स्थानमा ५ घण्टा विद्युत् बन्द गरिने भएको छ।
नेपाल विद्युत् प्राधिकरणले जारी गरेको सूचनाअनुसार सैबु फिडरअन्तर्गत यातायात कार्यालय, पद्मा कोलोनी, फूलबारी चोक, महतो मार्ग, पुरानो वडा कार्यालय, भैंसेपाटी आवास, भैंसेपाटी चोक, नक्खुडोल, खोकना दोबाटो, डिस होम र कार्य बिनायक हाउ क्षेत्रमा बिजुली कटौती गरिने भएको हो।
सडक मर्मतलगायत काम गर्नुपर्ने भएकाले उल्लिखित स्थानमा अहिले बिहान ११ बजेदेखि अपराह्न ४ बजेसम्म बिजुलीको लाइन काटिने प्राधिकरणले जनाएको छ।

प्रतिक्रिया