समाज


आजदेखि पठाओ राइडरले ज्याकेट र ट्राउजर लगाउन नपाउने, भयो यस्तो सहमति

आजदेखि पठाओ राइडरले ज्याकेट र ट्राउजर लगाउन नपाउने, भयो यस्तो सहमति

नेपालखबर
चैत ११, २०७७ बुधबार १:१०,

ट्राफिक प्रहरीले पठाओ राइडरलाई ज्याकेट र ट्राउजर (प्रोटेक्टिभ गेयर) लगाउन प्रतिवन्ध लगाएको छ।

विकृति रोक्न राइड सेयरिङ कम्पनी पठाओसँगको सहमतिमै यस्तो निर्णय गरिएको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ। आज (बुधबार) देखि पठाओ राइडरले पठाओ भनेर चिनिने प्रोटेक्टिभ गेयर लगाउन पाउने छैनन्।

पठाओ सेवाको कारण आफ्नो व्यवसाय संकटमा परेको भन्दै ट्याक्सी चालकले विरोध गर्दै आएका छन्। केही ट्याक्सी चालकले भने पठाओ राइडरलाई ज्याकेट र ट्राउजर नलगाइ सेवा दिन दुई पक्षबीच भएको सहमतिलाई ‘पठाओ सेवा बन्द गर्न लागिएको’ भनेर प्रचार गर्दै आएका छन्।

ट्राफिक प्रहरी महाशाखाका प्रवक्ता एसपी श्यामकृष्ण अधिकारीले पठाओलाई व्यवस्थित रुपमा सेवा दिन भनिएको भएपनि बन्द गर्नेबारे कुनै निर्णय नभएको बताए।

राइडरहरुले धेरै अफलाइन ट्रिप गर्ने गरेको र ज्याकेटकै कारण असुरक्षाका घटनाहरु धेरै भएपछि यस्तो निर्णय गरिएको उनको भनाई छ। यो निर्णय बुधबार (आज)बाट लागू हुनेछ।

राइडर र पठाओ यात्रीहरुको सुरक्षालाई ध्यानमा राख्दै ट्राफिक प्रहरीसँगको समझादरीमै यस्तो निर्णय गरिएको पठाओ नेपालका क्षेत्रीय निर्देशक असिम मान सिंह बस्नेतले जारी गरेको प्रेस विज्ञप्तीमा उल्लेख छ।00pa 00

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad