समाज


कोरोनाको जोखिम बढेपछि कञ्चनपुरमा कडाइ, जिल्ला प्रशासनले जारी गर्‍यो ९ बुँदे आदेश

कोरोनाको जोखिम बढेपछि कञ्चनपुरमा कडाइ, जिल्ला प्रशासनले जारी गर्‍यो ९ बुँदे आदेश

नेपालखबर
चैत ११, २०७७ बुधबार १:५,

भारतमा कोरोना संक्रमण बढ्दै गएपछि सीमामा पर्ने कञ्चनपुर जिल्लाभर स्थानीय प्रशासनले कडाइ गरेको छ।

त्यहाँका प्रमुख जिल्ला अधिकारी रामकुमार महतोले ९ बुँदे आदेश जारी गर्दै मंगलबार राति १२ बजेदेखि अर्काे व्यवस्था नभएसम्म प्रतिबन्ध र नियम पालना गर्न सम्बन्धित सबैलाई आग्रह गरेका हुन्।

आदेशमा नजिकिँदै गरेको होली, मेला, पर्व, जात्रा, महोत्सवलगायत कुनै पनि नाममा भीडभाड वा जुलुस नगर्न भनिएको छ। भौतिक दूरी कायम तथा जनस्वास्थ्यका मापदण्ड पालना गर्न आग्रह गरिएको छ।

यस्तै गौरीफन्टा र गड्डाचौकी नाकाबाट आवागमन र मालसामान ढुवानीका लागि बिहान ६ देखि राति ८ बजेसम्म मात्र खुला रहने जिल्ला प्रशासन कार्यालयले जनाएको छ। यीबाहेक अन्य नाका र बिन्दुबाट आवतजावत पूर्ण रूपमा बन्द गरिएको छ। नाकामा रहेका हेल्थ डेस्कमा स्वास्थ्य जाँच गराउन र विवरण टिपाउन प्रशासनले आग्रह गरेको छ।

अत्यावश्यकबाहेकका व्यापार, व्यवसाय, उद्योग, कलकारखाना, यातायात एवं आवागमन जनस्वास्थ्य सुरक्षा मापदण्ड पूर्ण पालना गरेर बिहान ४ बजेदेखि राति १० बजेसम्म मात्र गर्न पाइने आदेशमा उल्लेख छ।

यस्तै हरेक व्यक्तिले मास्क, स्यानिटाइजर र भौतकि दूरीको नियम कडाइसाथ पालना गर्नुपर्ने आदेशमा भनिएको छ।

अन्यथा संक्रामक रोग ऐन २०२० बमोजिम कारबाही गरिने चेतावनी पनि दिइएको छ।

हेर्नुहोस्, कञ्चनपुर जिल्ला प्रशासनले जारी गरेको ९ बुँदे आदेश :

kanchanpur aadesh

याे पनि : कोरोनाको जोखिम फेरि बढेको सरकारको ठहर : गृहले पठायो देशभर यस्तो सर्कुलर

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad