ad ad

समाज


पाकिस्तानमा छोराछोरीकै अगाडि आमाको बलात्कार गर्ने दुई पुरुषलाई मृत्युदण्ड

पाकिस्तानमा छोराछोरीकै अगाडि आमाको बलात्कार गर्ने दुई पुरुषलाई मृत्युदण्ड

नेपालखबर
चैत १०, २०७७ मंगलबार १२:२४,

अबिद माल्ही र सफकत अलि नाम गरेका दुई अभियुक्तलाई अदालतले मृत्युदण्डको सजाय दिएको साउथ चाइना मर्निङ पोस्टले जनाएको छ।

न्यायाधीष अर्सद हुसेन भुट्टाले मृत्युदण्ड अगाडि उनीहरुलाई १४ महिना जेल हाल्नुपर्ने पनि बताएका छन्।

पोस्टका अनुसार पेट्रोल सकिएपछि महिला सवार कार बिच बाटोमा रोकिएको थियो। उक्त कारमा महिलाका साना छोराछोरी थिए।

दुई पुरुषले सडकमा महिला देखेपछि उनीहरुले बन्दुक तेस्र्याउँदै महिलाको बलात्कार गरेका थिए। यो घटनापछि पाकिस्तानभर विरोध भएको थियो।

अधिकारीहरुका अनुसार महिला भागेर कारभित्र पसिसकेकी थिइन्। तर बन्दुकधारी दुई पुरुषले गाडीको सिसा फुटाउँदै महिलालाई बाहिर निकालेका थिए।

महिलाको पैसा, गहना तथा बैंक कार्डहरु सबै लुटपाट भएको थियो। प्रहरीले उनीहरुलाई अनुसन्धानको क्रममा गिरफ्तार गरेको थियो।

ती पुरुषहरुमाथि आतंकवादको पनि मुद्दा परेको थियो। एससीएमपी

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .