नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले खानेपानी मन्त्री मणि थापासँग भेटवार्ता गरेका छन्।
मंगलबार दिउँसो महासचिव विप्लव पार्टी प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’सहित पुल्चोकस्थित मन्त्रिनिवासमै पुगेर भेटवार्ता गरेका हुन्।
भेटका अवसरमा समसामयिक राजनीतिक, जेलमा रहेका नेकपाका कार्यकर्ता छाड्ने लगायतका विषयमा छलफल भएको बताइएको छ।
मन्त्री थापाका स्वकीय सचिव राजेन्द्र गौतमले मन्त्री थापा र महासचिव विप्लवबीचको भेट नियमित भएको बताए।
महासचिव विप्लवले सोमबार प्रधानमन्त्री ओलीसँग पनि भेटवार्ता गरेका थिए।
प्रतिक्रिया