ad ad

समाज


नेवारहरुको विश्व सम्मेलन हुँदै

नेवारहरुको विश्व सम्मेलन हुँदै

नेपालखबर
चैत १०, २०७७ मंगलबार १२:१६,

नेवारहरुको विश्व सम्मेलन हुने भएको छ। चौथो विश्व नेवार दिवस चिल्लाथ्व चतुर्दशी (चैत १४ गते)को दिन काठमाडौंको बसन्तपुरमा नेवारहरुको विश्व सम्मेलन आयोजना गरिने भएको हो।

चौथो विश्व नेवार दिवस आयोजक समितिले मंगलबार पत्रकार सम्मेलन आयोजना गरी कोभिड महामारीका कारण गत वर्ष हुन नसकेको विश्व सम्मेलन यस वर्ष आयोजना गरिएको जानकारी गराएको छ।

सम्मेलनमा विश्वभर छरिएर रहेका नेवारहरुको सहभागिता रहने छ। सम्मेलनमा नेवार समाज र नेपाल भाषाको विकासका लागि विशेष योगदान दिने आठजना विशिष्ट व्यक्तिहरुलाई सम्मान गरिने पनि आयोजक समितिले बताएको छ।

यस्तै सम्मेलनमा नेपाल भाषा साहित्य क्षेत्रमा विशेष योगदान दिने नेवार पुर्खाहरुको तस्विर प्रदर्शनी, नेवार खानाका स्टल, विभिन्न प्रख्यात कलाकार र संघसंस्थाबाट सांस्कृतिक कार्यक्रम प्रस्तुति पनि हुने छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .