उनले अक्सफोर्ड र अस्ट्राजेनिकाले संयुक्तरुपमा विकास गरेको खोप लगाएको सिन्ह्वाले जनाएको छ।
उक्त कम्पनीको खोपका विषयमा विश्वका कतिपय देशमा विवाद उत्पन्न भएको थियो।
सो खोप लगाएका मानिसहरुमा रगत जम्ने समस्या देखा परेको भन्दै उक्त खोप नलगाउन भनिएको थियो। तर युरोपेली युनियनले गरेको अनुसन्धानका क्रममा भने सो खोपमा त्यस्तो खराबी नदेखिएको पाइएको बताइएको थियो।
राष्ट्रपति मुन जाय इनले दक्षिण कोरियको राजधानी सोलमा रहेको एक पब्लिक हेल्थ सेन्टरमा पुगेर सो खोप लगाएको त्यहाँका टेलिभिजनहरुले देखाएका सो समाचारमा जनाइएको छ।
राष्ट्रपति मुन जाय इन केही दिनपछि केही देशको भ्रमणका लागि जाँदै छन्।
त्यसैले सो भ्रमणलाई समेत मध्यनजर गरेर स्वास्थ्य सुरक्षाका लागि उनले खोप लगाएको प्राप्त समाचारमा जनाइएको छ।
जर्मनी, फ्रान्स, इटालीलगायतका देशले शुरुमा यो खोप नलगाउने भनी सार्वजनिक घोषणा गरेको भए पनि पछिल्ला केही दिनयता पुनः यो खोप लगाउन थालेका बताइएको छ। रासस/सिन्ह्वा

प्रतिक्रिया