ad ad

समाज


घुससहित पक्राउ परेका फार्मेसी अधिकृतविरुद्ध मुद्दा दायर

घुससहित पक्राउ परेका फार्मेसी अधिकृतविरुद्ध मुद्दा दायर

नेपालखबर
चैत ८, २०७७ आइतबार १०:१७,

औषधि व्यवस्था विभाग, शाखा कार्यालय, विराटनगरका फार्मेसी अधिकृत (सातौं) सरोज सुवेदीविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरिएको छ।

सुवेदी उपर बिगो दुई लाख रुपैयाँ कायम गरी विशेष अदालत काठमाडौंमा घुस/रिसवत लिई भ्रष्टाचार गरेको सम्बन्धी आरोप–पत्र दायर गरिएको हो।

सुवेदीले सेवाग्राही विरुद्धको मुद्दाको सिलसिलामा जिल्ला सरकारी वकिल कार्यालय तेह्रथुमबाट माग भएको राय पठाई सिल भएको फार्मेसी पसल खोलिदिने प्रयोजनका लागि सेवाग्राहीसँग अतिरिक्त रकम माग गरेका थिए।

विशेष सूचना एवं उजुरी निवेदनका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय इटहरीबाट खटिई गएको टोलीले फार्मेसी अधिकृत सुवेदीलाई सेवाग्राहीबाट दुई लाख रुपैयाँ अतिरिक्त रकम लिइसकेको अवस्थामा नियन्त्रणमा लिएको थियो।

सुवेदीलाई बिगो रु दुई लाख रुपैयाँ कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) र दफा ३ को उपदफा (१) को देहाय (घ) अनुसार सजाय हुन मागदाबी लिई अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन, २०४८ को दफा ३५ को उपदफा १ बमोजिम आरोपपत्र दायर गरिएको अख्तियारले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .