ad ad

राजनीति


वाईसीएलको केन्द्रीय समिति १६५ सदस्यीय, चैतभित्र १ लाख ६५ हजार नयाँ सदस्य थप्ने

वाईसीएलको केन्द्रीय समिति १६५ सदस्यीय, चैतभित्र १ लाख ६५ हजार नयाँ सदस्य थप्ने

नेपालखबर
चैत ८, २०७७ आइतबार १०:७,

नेकपा माओवादी केन्द्रको सहायक संगठन योङ् कम्युनिष्ट लिग (वाईसीएल) नेपालको केन्द्रीय समिति १६१ सदस्यीय बनाइएको छ।

यही चैत ४ र ५ गते केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको वाईसीएलको केन्द्रीय समित बैठकले १६१ सदस्यीय केन्द्रीय समिति घोषणा गरेको अध्यक्ष रामप्रसाद सापकोटा ‘दीपशिखा’ले जानकारी दिए।

त्यस्तै बैठकले चैतमहिनाभित्र १ लाख ६५ हजार नयाँ सदस्यता वितरण गर्ने समेत निर्णय गरेको छ।

सर्वोच्च अदालतले नेकपालाई खारेज गर्दै एमाले र माओवादी केन्द्रलाई पूर्ववत अवस्थामा फर्कादिएपछि माओवादी केन्द्रले वाईसीयललाई ब्युँताएको हो।

अध्यक्ष सापकोटाका अनुसार बैठकले संगठनका विभिन्न समितिहरुमा पुनगर्ठन गरी सबै समितिहरुलाई भेला आयोजक समितिमा रुपान्तरणसमेत गरेको छ।

त्यस्तै वाईसीएलको राष्ट्रिय भेला आगामी २८–३० गते काठमाडौं गर्ने निर्णय समेत बैठकले गरेको छ।

त्यस्तै बैठकले प्रधानमन्त्री केपी शर्मा ओलीको एकाधिकारवादी, तानाशाही र गैरकम्युनिष्ट चरित्रको खेद व्यक्त गरेको गर्दै उनले आगामी दिनमा चाल्न सक्ने थप प्रतिगमनकारी कदमप्रति सचेत रहन सबैमा आग्रह गेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .