ad ad

समाज


कलंकीमा एक युवाको ढुंगाले हानेर हत्या, बलम्बुमा पुरुषको शव भेटियो

कलंकीमा एक युवाको ढुंगाले हानेर हत्या, बलम्बुमा पुरुषको शव भेटियो

नेपालखबर
चैत ८, २०७७ आइतबार ६:४६,

कलंकीमा एक युवाको ढुंगाले हानेर हत्या भएको छ।

आइतबार बिहान कलंकीमा सडकमा बस्दै आएका चौधरी थर बताउने एक युवा सिन्धुलीका २१ वर्षीय दिनेश थापाको ढुंगा प्रहारबाट मृत्यु भएको हो।

थापाले ढुंगाले हान्दा गम्भीर घाइते भएका चौधरीको सहिद मेमोरियल अस्पतालमा उपचारका क्रममा निधन भएको महानगरीय प्रहरी परिसरका प्रवक्ता (एसपी) रमेशकुमार बस्नेतले जानकारी दिए।

थापालाई नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको एसपी बस्नेतले जानकारी दिए।

त्यस्तै चन्द्रगिरी नगरपालिकाको बलम्बूमा एक पुरुषको शव भेटिएको छ।

अन्दाजी ३५ वर्षका पुरुषको शव सडक पेटीमा फेला परेको र उक्त शव पोस्टमार्टमका लागि त्रिवि शिक्षण अस्पतालमा पठाइएको एसपी बस्नेतले बताए।

उक्त शवको अहिलेसम्म पहिचान खुल्न नसकेको उनले बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .