द इन्डियन एक्सप्रेसका अनुसार यतिबेला उत्तर प्रदेशमा सक्रिय संक्रमितको संख्या २७ सयभन्दा बढी पुगेको छ।
यसअघि दैनिक सयभन्दा कम संख्यामा यहाँ कोरोना संक्रमित थपिँदै आएका थिए तर पछिल्लो समय भने झन्डै चार सयको हाराहारीमा कोरोना संक्रमित थपिन थालेका छन्।
यहाँ कोरोनामुक्त हुनेको दैनिक दर सय देखि डेढ सय भएको बताइएको छ।
खबरका अनुसार गएको २४ घण्टामा उत्तर प्रदेशमा ४४२ संक्रमित थपिएका छन्।
यससँगै यहाँ कुल कोरोना संक्रमितको संख्या ६० लाख ७ हजारभन्दा बढी पुगेको छ।
प्रतिक्रिया