समाज


कुलमान सम्झिँदै पाइलट विजय लामाले भने : लोडसेडिङ सुरु हुन थालिसक्यो

कुलमान सम्झिँदै पाइलट विजय लामाले भने : लोडसेडिङ सुरु हुन थालिसक्यो

नेपालखबर
चैत ७, २०७७ शनिबार ५:४,

नेपाल वायु सेवा निगमका वरिष्ठ पाइलट विजय लामाले देशमा लोडसेडिङ सुरु हुन थालेको भन्दै आक्रोश पोखेका छन्।

नेपाल विद्युत् प्राधिकरणमा कार्यकारी निर्देशक कुलमान घिसिङका पालामा सुक्खा याममा पनि लोडसेडिङ नभएको तर अहिले यसैको बहानामा लोडसेडिङ गर्न थालेको भन्दै उनले आक्रोश पोखेका हुन्।

शनिबार बिहान सामाजिक सञ्जालमा लामाले लेखेका छन्, ‘फेरि लोडसेडिङ सुरु हुन थालिसक्यो। बिस्तारै समय अवधि बढाउँदै जाँदै छ ! कारण देखाउँदा सुक्खा याम भएकाले पानीको सतह घटेर भन्ने गर्छन्, विद्युत् प्राधिकरणको हाकिम साबले !!! के कुलमान घिसिङको पालामा चाहिँ सुक्खा याम लागेन अनि पानी टनाटन हुन्थ्यो हो?’

यस्तो छ, लामाले लेखेको पूरा स्टाटस :
फेरि लोडसेडिङ सुरु हुन थालिसक्यो। बिस्तारै समय अवधि बढाउँदै जाँदै छ ! कारण देखाउँदा सुक्खा याम भएकाले पानीको सतह घटेर भन्ने गछ्रन्, विद्युत् प्राधिकरणको हाकिम साबले !!!

के कुलमान घिसिङको पालामा चाहिँ सुक्खा याम लागेन, अनि पानी टनाटन हुन्थ्यो हो? प्रकृति अनि भाग्यले मात्र साथ दिएको हो त कुलमानलाई???

केही समयपछि फेरि इन्भर्टर अनि जेनेरेटर माफियाहरू सल्बलाएर आउँदैनन् अनि जनतालाइ पुरानै ठाउँमा पुर्‍याउँदैनन् भन्न सकिन्न !!! यही चालाले पुर्‍याउन समय लाग्दैन।

जनता भनेको के हो बुझ्नै गाह्रो भयसक्यो। कारण जे पनि चुप लागेर सहने !!!

हुन त के नै गर्न या बोल्न सकिन्छ, जुन देशमा शीर्ष नेताहरूलाई झगडा गर्नमा नै फुर्सद छैन !! झैझगडा गर्न रोकेर देश विकासका काम कुरा पो गर्ने कि??

जय चन्द्र सूर्य !!!

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad