द्वन्द्वग्रस्त लोकतान्त्रिक गणतन्त्र कङ्गोमा गत जनवरीदेखि अहिलेसम्म (दुई महिना) झण्डै दुई सय जनाको मृत्यु भएको छ।
संयुक्त राष्ट्रसंघीय निकायले यस अवधिमा ४० हजार मानिस विस्थापित भएको विवरण सार्वजनिक गरेको छ।
राष्ट्रसंघको शरणार्थीसम्वन्धी निकायले दुखद घटनाहरू बढ्दै गइरहेको भन्दै त्यस्ता घटनामा कुख्यात एलाइड डेमोक्र्याटिक फोर्स (एडिएफ) दोषी रहेको दावी गरेको छ।
कङ्गोमा सन् १९९५ देखि युगाण्डाको इस्लामिक ग्रुप हिंसात्मक क्रियाकलापमा सक्रिय हुँदै आएको छ । सन् २०२१ को सुरुदेखि नै हिंसात्मक घटना धेरै भएको देखिएको छ।
घटनामा परी दर्जनौ घाइते भएका छन् भने हजारौँ विस्थापित भएका छन् । उनीहरूलाई विभिन्न ठाउँमा अस्थायी बसोबासको व्यवस्था गरिएको छ । तर आधारभूत सेवा सुविधाको भने समस्या रहेको अधिकारीहरूले जनाएका छन् । विषेशगरी विस्थापितहरुको लागि बस्ने ठाउँ, खाना, पानी र स्वास्थ्य सेवाको अभाव रहेको अधिकारीहरुको भनाई छ।
द्वन्द्वका क्रममा महिला र बालबालिका सवैभन्दा बढी पिडित भएका छन् भने खतरामा पनि उनीहरू नै रहेका छन्। कोरोना भाइरस र इबोलाको महामारी फैलिने डर पनि उत्तिकै रहेको अनुगमनकर्ताहरुले जनाएका छन्। एजेन्सी

प्रतिक्रिया