समाज


झापाका तीनवटा वडा कार्यालयमा एकाबिहानै बम बिस्फोट

झापाका तीनवटा वडा कार्यालयमा एकाबिहानै बम बिस्फोट

नेपालखबर
साउन २७, २०७६ सोमबार ३:४७,

अज्ञात समूहले झापाको बिर्तामोडस्थित वडा कार्यालयको भवनमा सोमबार बिहान बम विष्फोट गराएको छ।

बिर्तामोड नगरपालिकाको ७, ८ र ९ नम्बर वडाको संयुक्त वडा कार्यालयमा बिहान ४ः३० बजे बम विष्फोट भएको इलाका प्रहरी कार्यालय अनारमनीले जनाएको छ।

प्रहरी निरीक्षक सुनिल श्रेष्ठका अनुसार गरामनीमा रहेको संयुक्त वडा कार्यालयमा बम विष्फोट हुँदा कार्यालयको झ्याल भत्किएको छ।

विष्फोट कसले गराएको हो पहिचान नभएको श्रेष्ठले बताए। घटनालगत्तै प्रहरीले अनुसन्धान शुरु गरेको प्रहरी निरीक्षक श्रेष्ठको भनाइ छ।

बम विष्फोटबाट कार्यालयको बाहिरी भवनमा क्षति पुगे पनि कागजात भने सुरक्षित रहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad