हङकङमा वर्ष पुरुष हस्तबहादुर, वर्ष महिला रीता गुरुङ

हङकङमा वर्ष पुरुष हस्तबहादुर, वर्ष महिला रीता गुरुङ

मगेन्द्र राई
साउन २७, २०७६ सोमबार ४:३,

हङकङमा २५ औँ विश्व आदिवासी दिवस मनाईएको छ।

नेपाल आदिवासी जनजाति महसंघ हङकङको आयोजनामा आईतवार साँझ यौमा तेई क्म्युनिटी हलमा विशेष कार्यक्रम गरिएको छ।

कार्यक्रममा नेपाल आदिवासी जनजाति महासंघका अध्यक्ष जगत बरामले सम्बोधन गरेका थिए।

67939425 1331593806993368 3283868317336469504 n

उनले नेपालमा लामो समयदेखि शाशकीय संरचना र पद्धतिमा खास परिबर्तन नआएको बताए। ‘आन्दोलनबाट प्राप्त थोरै अधिकार संविधानमा लेखिएका छन्,’ उनले भने, ‘तर, संविधानमा लेखिएका विषय लागू गर्न पनि सरकारले कन्जुस्याइँ गरिरहेको छ।’

आदिवासी जनजातिको मागलाई राज्यले बलपुर्बक दवाएको आरोप लगाउँदै उनले सरकारको चेत समयमै नखुले देश पुनः द्वन्दमा धकेलिने चेतावनी दिए।

नेपालका जनजातिले सरकारविरुद्ध सधैँ प्रतिपक्षको भुमिका निर्बाह गर्नुपरेको उनको भनाई थियो।

RitaGurung

कार्यक्रममा आदिवासी जनजाती वर्ष पुरुष र बर्ष महिला तर्फ क्रमशः हस्त बहादुर अरुङहाङ र रीता गुरुङलाई सम्मान गरिएको थियो।

अध्यक्ष किसन राईका अनुसार नेपाल आदिवासी जनजाति महसंघ हङकङमा ११ जनजाति संस्था आबद्ध छन्।

प्रतिक्रिया

Danfe Global Hong Kong Pvt. Ltd.

Ground Floor 9, Keybond Commercial Building,
No. 38 Ferry Street, Kowloon, Hong Kong

[email protected]
[email protected]

Hong Kong Team

Correspondent
Purna Gurung (Macau)

Radio Correspondent
Santosh Tamang
HK News Coordinator
Magendra Rai

Editor in Chief
Purna Basnet
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed by Curves n' Colors. Powered by .