काठमाडौंस्थित बल्खुको सुकुम्बासी बस्तीमा श्रीमतीको हत्या गरी फरार रहेका सन्तोष सापकोटा पक्राउ परेका छन्।
सन्तोषलाई मंगलबार साँझ बल्खुबाट पक्राउ गरिएको काठमाडौं प्रहरी परिसरका प्रवक्ता एसपी रमेशकुमार बस्नेतले जानकारी दिए।
सन्तोषकी ३३ वर्षीया श्रीमती सन्तोषी श्रेष्ठको हत्या गरी शव बोरामा प्याक गरी फालेको अवस्थामा गएराति फेला परेको थियो।
प्रहरीका अनुसार सोमबार श्रीमतीको हत्या गरी सन्तोष फरार भएका थिए।
सुकुम्बासी बस्तीमा टहरा बनाएर बसेका उनीहरुको घरचाहिँ मकवानपुर हो। सन्तोषीको माइती जोरपाटी भएको प्रहरीले जनाएको छ।
यो पनिः बल्खुमा श्रीमानले गरे श्रीमतीको हत्या, प्रहरीले फेला पार्यो बोरामा प्याक गरेर फालेको शव

प्रतिक्रिया