वरिष्ठ चिकित्सक डा. गोविन्द केसीले बी एण्ड सी अस्पतालका सञ्चालक दुर्गा प्रसाईंले चिकित्सा शिक्षा आयोगका पदाधिकारीहरुलाई ज्यान मार्ने धम्की दिएको बताएका छन्।
काठमाडौंमा मंगलबार पत्रकार सम्मेलन गरी डाक्टर केसीले प्रधानमन्त्री ओलीसमेत ज्यान मार्ने धम्की दिनेको मतियार बनेको आरोप लगाए।
झापाको बीएण्डसी अस्पताललाई शिक्षण अस्पतालको सम्बन्धन दिने सम्बन्धमा प्रधानमन्त्री ओलीले नियम उल्लंघन गरेर विश्वविद्यालयलाई आदेश दिएको डा. केसीले बताए।
चिकित्सा शिक्षा आयोगले सम्बन्धन दिन नहुने भनी ठहर गरेको अस्पताललाई सम्बन्धन दिन्छु भनेर सार्वजनिक रुपमा बोलेर प्रधानमन्त्री ओलीले अपराध गरेको उनले आरोप लगाए।
डा. केसीले प्रधानमन्त्री लगायत काठमाडौं विश्वविद्यालयका पदाधिकारी सबैले राजीनामा दिनुपर्ने माग पनि गरेका छन्।
चिकित्सा क्षेत्रको सुधारको लागि पटक पटक अनसन बस्दै आएका डाक्टर केसीले आफ्ना मागहरु सम्बोधन नभए फेरि अनसन बस्ने चेतावनी पनि दिएका छन्।
फेरि मार्सी भात खुवाएर ओली-प्रचण्ड मिलाउने कोशिसमा छु : दुर्गा प्रसाईं (अन्तर्वार्ता)

प्रतिक्रिया