मानव बेचविखन तथा ओसार पसार गरेको आरोपमा प्रहरीले एक रिसोर्ट मेनेजरलाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा कैलालीको धनगढी उप–महानगरपालिका–६ जाली स्थित जंगल प्लाजा रिसोर्टमा कार्यरत वर्ष २२ को रामप्रसाद चौधरी रहेका छन्।
सो रिसोर्टमा ‘अनैतिक क्रियाकलाप हुने गरेको’ भन्ने गोप्य सूचनाको आधारमा गएको प्रहरी टोलीले छापा मारी रिसोर्ट मेनेजर चौधरीलाई पक्राउ गर्नुका साथै ५ जनालाई उद्दार गरेको जनाएको छ।
निज रामप्रसाद चौधरी समेतले ग्राहकहरुसंग आर्थिक लाभ लिई पीडितहरुलाई विभिन्न प्रलोभनमा पारी ग्राहकहरुसँग शारीरिक सम्पर्क गराउने गरेको भन्ने प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको छ।
चौधरीलाई मानब बेचबिखन तथा ओसार पसार शिर्षकमा मुद्दा दर्ता गरी सम्मानित कैलाली जिल्ला अदालतबाट म्यादथप अनुमती लिई थप अनुसन्धान कार्य भई रहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया