समाज


केन्द्रमा फुट भए पनि एमाले-माओवादी निकट बस व्यवसायीले सहकार्य गरेर चुनावमा कांग्रेसलाई हराए

केन्द्रमा फुट भए पनि एमाले-माओवादी निकट बस व्यवसायीले सहकार्य गरेर चुनावमा कांग्रेसलाई हराए

नेपालखबर
चैत १, २०७७ आइतबार ४:२५,

केन्द्रमा फुट भए पनि एमाले र माओवादी केन्द्र निकट बस व्यवसायीले भने सहकार्य गरेर चुनावमा जित हासिल गरेका छन्।

पश्चिम नेपाल बस व्यवसायी प्रालिको शनिबार रुपन्देहीको बुटवलमा भएको पहिलो अधिवेशनमा नेतृत्व चयनका लागि मतदान भएको हो। जसमा एमाले-माओवादी गठबन्धन प्यानलले कांग्रेसलाई पराजित गरेको छ।

चुनावमा एमाले माओवादी प्यानलबाट ८ जना र कांग्रेस निकट व्यवसायीको प्यानलबाट ३ जना विजयी भएका संघले जनाएको छ।

एमाले-माओवादी गठबन्धन दधिराम खरेलको नेतृत्वमा प्रतिस्पर्धामा उत्रिएको थियो भने कांग्रेस निकट व्यवसायी पदम गाहाको नेतृत्वमा चुनावमा होमिएका थिए। खरेल माओवादी निकट मानिन्छन्। २३ सय ९६ मतदातामध्ये चुनावमा २ हजार ८६ जनाले मतदान गरेका संघले जनाएको छ।

खरेलले १३३८ मत प्रप्त गरेका छन् भने उनकै प्यानलबाट जीवनकुमार बञ्जाडेले १५३०, रामचन्द्र भुसालले १३८६, मोहन पीएसले १४८४, चेतनारायण बेलवासेले १३५७, नारायणप्रसाद घिघिरेले ११४६, गोपाल पौडेल १२९० र कृष्णप्रसाद सापकोटा ११४९ मत प्राप्त गरेर विजयी भएका छन्।

कांग्रेस निकट पदम गाहाको प्यानलबाट गाहाले १३८९ मत प्राप्त गरेका निर्वाचन अधिकृत यानेन्द्र जिसीले जानकारी दिए। त्यसैगरी गाहाको प्यानलबाट कृष्णप्रसाद पाण्डेले १११७ र सुरेन्द्र श्रेष्ठले १४२२ मत प्राप्त गरेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad