समाज


मुकेश अम्बानीको घरबाहिर विस्फोटक पदार्थ भेटिएको काण्ड : प्रहरी अधिकारी नै गिरफ्तार

मुकेश अम्बानीको घरबाहिर विस्फोटक पदार्थ भेटिएको काण्ड : प्रहरी अधिकारी नै गिरफ्तार

नेपालखबर
चैत १, २०७७ आइतबार ४:७,

भारतका चर्चित उद्योगपति मुकेश अम्बानीको घरनजिक विस्फोटक पदार्थ र हत्या गर्ने चेतावनी दिइएको पत्रसहितको स्कार्पियो गाडी फेला परेको घटनामा एक प्रहरी अधिकारीलाई नै गिरफ्तार गरिएको छ।

भारतीय सञ्चारमाध्यमका अनुसार घटना अनुसन्धान गरिरहेको राष्ट्रिय अनुसन्धान एजेन्सी (एनआईए) ले मुम्बई प्रहरीका अधिकारी सचिन वाजेलाई शनिबार राति गिरफ्तार गरेको हो। १२ घण्टासम्म बयान लिइएपछि उनलाई पक्राउ गरिएको हो।

एनआईएका प्रवक्ताका अनुसार प्रहरी सहायक निरीक्षक वाजेलाई शनिबार राति ११ बजेर ५० मिनेटमा पक्राउ गरिएको हो। आज उनलाई अदालत पेस गरिनेछ।

गत फेब्रुअरी २५ तारिख विस्फोटक पदार्थ जिलेटिन र परिवारै सिध्याइदिने धम्की दिइएको पत्रसहित एउटा स्कार्पियो खर्बपति अम्बानीको घरबाहिर फेला परेको थियो। त्यस गाडीको मालिक ठानिएका व्यवसायी मनसुख हिरेनको पनि मृत्यु भएपछि घटना रहस्यमय बनेको हो। अझ पछिल्लो समय गाडीको खास मालिक अर्कै व्यक्ति भएको खुलासा भएको छ।

मनसुखकी पत्नी विमलाले आफ्ना पतिले त्यो गाडी सहायक प्रहरी निरीक्षक सचिन वाजेलाई प्रयोग गर्न दिएको र गत फेब्रुअरी ५ सम्म उनकै साथमा रहेको बयान दिएकी थिइन्। साथै उनको पतिको हत्या पनि उनैले गरेको हुन सक्ने आशंका उनले गरेकी छन्।

सोही कारण सहायक प्रहरी निरीक्षक वाजेलाई गिरफ्तार गरिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्।

घटनाकाे विस्तृत विवरण :  मुकेश अम्बानीको घरबाहिर विस्फोटक पदार्थसहित गाडी भेटिएको घटनाले लियो नयाँ मोड

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad