समाज


चीन र पाकिस्तानको खतरासँग जुध्न भारतले अमेरिकाबाट खरिद गर्दै ड्रोन हतियार

चीन र पाकिस्तानको खतरासँग जुध्न भारतले अमेरिकाबाट खरिद गर्दै ड्रोन हतियार

नेपालखबर
फागुन २९, २०७७ शनिबार १३:३६,

ती ड्रोनहरु समुद्री तथा जमिनी क्षेत्रमा निगरानी गर्न र आइपरेको खण्डमा आक्रमणको लागि प्रयोग गरिनेछ।

साउथ चाइना मर्निङ पोस्टका अनुसार अमेरिका सान डिएगोस्थित जेनरल अटोमिक्सले निर्माण गरेको शक्तिशाली ड्रोन हतियार एमक्यू–९बी ड्रोन भारतले खरिद गर्न लागेको हो।

चीन र पाकिस्तानसँग सीमा जोडिएको भारतको ती देशहरुसँग सीमा क्षेत्रमा विवाद बढ्दै गएको छ। यसबीचमा भारतले चीन र पाकिस्तानको खतरासँग जुध्न अमेरिकाबाट ड्रोन खरिद गर्न लागेको बताइएको छ।

भारतले ३ अर्ब अमेरिकी डलरमा यो हतियार खरिद गर्न लागेको हो। हाल अमेरिकाले यस ड्रोनलाई जासुसी गर्न र निगरानी राख्नका लागि मात्र प्रयोग गरेको छ।

तर आइपरेको खण्डमा यसले आक्रमणसमेत गर्ने बताइएको छ। अमेरिकासँगको यस सम्झौताले भारतको सैन्य शक्ति थप मजबुत हुने छ।

गतवर्ष भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले दशवर्ष भित्र भारतले २५० अर्ब अमेरिकी डलर आफ्ना हतियार आधुनिकिकरण गर्नका लागि खर्च गर्ने बताएका थिए। एससीएमपी

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad