समाज


ललितपुरको बालकुमारीदेखि ओखाट जोड्ने झोलुंगे पुल सञ्चालनमा

ललितपुरको बालकुमारीदेखि ओखाट जोड्ने झोलुंगे पुल सञ्चालनमा

नेपालखबर
फागुन २९, २०७७ शनिबार १३:२९,

ललितपुर महानगरपालिकाको एउटै वटा वडा जोड्ने झोलुंगे पुल सञ्चालनमा आएको छ।

 नेकपा माओवादी केन्द्रकी स्थायी समिति सदस्य पम्फा भुसालले शनिबार ललितपुर महानगर २७ सुनाकोठीको बालकुमारीदेखि ओखाट जोड्ने झोलुंगे पुलको उद्घाटन गरेकी हुन्।

 

नेतृ भुसालले झोलुंगे पुल सञ्चालनले स्थानीयलाई आवतजावतका लागि सहज हुनेका साथै आन्तरिक पर्यटन पर्वद्धनमा समेत टेवा पुग्ने बताइन्।

May be an image of 5 people and people standing

‘पुल सञ्चालनमा आएपछि एकातिर यसबाट स्थानीय जनता सहजरुपमा आवतजावत गर्न पाउछन् भने आन्तरक पर्यटन पर्वद्धनमा समेत यसले महत्वपूर्ण भूमिका खेल्छ’, नेतृ भुसालले भनिन्। उनले कहिलेकाँही साना साना कुरा पनि सुखद् र आकर्षक हुने भन्दै पुल निर्माण सानो काम भए पनि यसको परिणाम महत्वपूर्ण भएको बताइन्।

१ सय ३१ मिटर लामो सो पुलमा एकैपटक साढे २ सय मानिस यात्रा गर्न सक्ने प्रदेश सांसद राजकाजी महर्जनले जानकारी दिए ।

सांसद महर्जनले झोलुंगे पुल निर्माणले सो क्षेत्रमा आन्तरिक पर्यटक बढ्ने र स्थानीयलाई काम गर्न सहज हुने बताए।

‘हिँडेर जाँदा २० मिनेट लाग्ने बाटो अब ५ मिनेटमा छोटिएको छ’, उनले भने, ‘अब सो भेगमा आन्तरिक पर्यटक बढ्नेछ जसले स्थानीयको जीवनस्तर परिवर्तन गराउनेछ।’

सांसद बिकास कोषको एक करोड बजेटबाट सो पुल निर्माण गरिएको हो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad