समाज


प्रधानमन्त्री ओलीको पार्टीका केन्द्रीय सदस्य हत्या आरोपमा पक्राउ

प्रधानमन्त्री ओलीको पार्टीका केन्द्रीय सदस्य हत्या आरोपमा पक्राउ

नेपालखबर
फागुन २७, २०७७ बिहिबार १:३२,

मोरङको पथरी शनिश्चरे- १० का १९ वर्षीय युवा सन्दीप भण्डारीको हत्या घटना अनुसन्धानका लागि प्रहरीले प्रधानमन्त्री केपी ओलीका विश्वास प्राप्त युवराज बाँस्कोटालाई पक्राउ गरेको छ।

गएको पुस १४ गते पथरी शनिश्चरे- २ मंगलबारेस्थित बाँस्कोटाकै घरमा भण्डारीको शव फेला परेका थियो। भण्डारीको मृत्यु शंकास्पद देखिएपछि प्रहरीले उनीसँगै बसेर मदिरा सेवन गर्ने केही युवालाई यसअघि नै पक्राउ गरिसकेको छ।

मृतकका आफन्तले घरधनी बाँस्कोटाविरुद्ध हत्यामा संलग्न भएको आरोपमा २६ पुसमै किटानी जाहेरी दिएका थिए। घटना अनुसन्धानका लागि प्रहरीले उनलाई बुधबार मात्रै पक्राउ गरेको हो। बाँस्कोटा नेकपामा फुट हुँदा प्रधानमन्त्री ओलीको पार्टीको केन्द्रीय सदस्य बनेका थिए। उनी नेकपा एमाले मोरङका नेता हुन्।

मृतकका परिवारले २६ पुसमै बास्कोटाविरुद्ध कर्तब्य ज्यान मुद्दामा इलाका प्रहरी कार्यालय पथरीमा किटानी जाहेरी दिएका थिए। तर राजनीतिक आडमा प्रहरीले उनलाई पक्राउ गरेको थिएन।

मोरङ जिल्ला अदालतबाट पक्राउ पूर्जी जारी भएपछि उनलाई प्रहरीले पक्राउ गरेको हो। पक्राउपछि बाँस्तोलालाई अदालतमा म्याद थप गरी अनुसन्धान अघि बढाइएको जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता डिएसपी मानबहादुर राईले जानकारी दिए।

हत्यामा संलग्न भएको आरोप खेप्दै आएका बाँस्कोटालाई सोमबार स्थानीय महिलाले कुटपिटसमेत गरेका थिए। महिला दिवसको अवसरमा आयोजित कार्यक्रममा पुगेका बास्कोटालाई स्थानीय महिलाले कुटपिट गरेका हुन्।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad