कारोबार


लाइफ इन्स्योरेन्स कर्पोरेसनको बीमाशुल्क आर्जन २० प्रतिशतले बढ्यो, साढे १० प्रतिशत लाभांश पारित

लाइफ इन्स्योरेन्स कर्पोरेसनको बीमाशुल्क आर्जन २० प्रतिशतले बढ्यो, साढे १० प्रतिशत लाभांश पारित

नेपालखबर
फागुन २५, २०७७ मंगलबार ८:४८,

लाइफ इन्स्योरेन्स कर्पोरेशन नेपाल (एलआईसी नेपाल) लिमिटेडको १८औं वार्षिक साधारणसभा सोमबार सम्पन्न भएको छ।

एलआईसी नेपालको शिक्षालय हल, नक्साल, काठमाडौंमा सम्पन्न साधारण सभाले आ.व. २०७५/०७६ को वासलात र आयव्यय विवरणलाई अनुमोदन गरेको कम्पनीले जनाएको छ।

कम्पनीको मुनाफाबाट सेयरधनीहरुलाई चुक्ता पुँजीको १०.५३ प्रतिशत लाभांश पारित गरेको छ। यसअन्तर्गत १० प्रतिशत बोनस सेयर र बोनस सेयरको कर प्रयोजनार्थ ०.५३ प्रतिशत नगद लाभांश रहेका छन्।

आ.व. २०७५/०७६ मा कम्पनीले १ लाख ८९ हजार ३२० नयाँ बीमालेखहरु बिक्री गरी प्रथम बीमाशुल्क आम्दानीबापत ४ अर्ब २२ करोड ८३ लाख रुपैयाँ संकलन गर्न सफल भएको कम्पनीले जनाएको छ। २०७६ असार मसान्तसम्ममा यस कम्पनीमा सक्रिय बीमालेखहरुको संख्या ७ लाख ३५ हजार ७४५ र कुल जीवन बीमा कोषमा ५३ अर्ब ८७ करोड ७३ लाख संकलन भएको छ।

आ.व. २०७५/०७६ मा कम्पनीको कुल जीवन बीमा कोषमा २७.४८ प्रतिशत, प्रथम बीमाशूल्क आर्जनमा ४६.३६ प्रतिशत, बीमालेख संख्यामा ४२.०९ प्रतिशत, लगानीतर्फ २३.६५ प्रतिशत र लगानीबाट प्राप्त आम्दानीमा २१.९२ प्रतिशतको वृद्धिदर रहेको थियो।

१८औं वार्षिक साधारणसभाले सर्वसाधारण सेयरधनीको प्रतिनिधित्व गर्ने १ जना पब्लिक डाइरेक्टरमा कोमल अग्रवाललाई निर्विरोध चयन गरेको छ।

कम्पनीका अध्यक्ष एमआर कुमारले सबै सेयरधनीहरुलाई समय र सुझावका लागि धन्यवाद दिए। उनले एलआईसी नेपालको १९औं (आ.व. २०७६/०७७) वार्षिक साधारणसभा पनि यथासक्य चाँडो सम्पन्न गरिने बताए। आव २०७६/०७७ मा कोभिड १९ महामारीले व्यवसायमा असर गरेको जानकारी उनले दिए।

चालू आव २०७७/०७८ को दोस्रो त्रैमासिकभित्र कम्पनीले राम्रो गरिरहेको बताउँदै उनले प्रथम बीमाशुल्क आर्जनमा २०.२४ प्रतिशतको वृद्धिदरका साथ कुल बीमाशुल्क आर्जन ९ अर्ब ६१ करोड १८ लाख आर्जन गरेको र कम्पनीको कूल जीवन बीमा कोषमा ७४ अर्ब २४ करोड ४९ लाख जम्मा गर्न सफल भएको समेत जानकारी दिए।

सभामा सञ्चालक समितिका अन्य सञ्चालकहरु मुकेश कुमार गुप्ता, अशोक कुमार अग्रवाल, कुमार केशर विष्ट, भि.के. कुक्रेजा र लक्ष्मी प्रसाद दास उपस्थित थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad