प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता एवं सांसद गगन थापाले असंवैधानिक नियुक्तिको विरोध गर्दा एसिड आक्रमणविरुद्धको अध्यादेश फेल गर्न लागेको भनेर प्रधानमन्त्री केपी शर्मा ओलीले झुट बोलेको बताएका छन्।
पुर्स्थापनापछि पहिलोपटक आइतबार बसेको प्रतिनिधि सभाको बैठकमा सरकारले संवैधानिक परिषद्सम्बन्धी अध्यादेश पेस गर्दा कांग्रेसले नाराबाजी गरेको थियो।
यही विषयमा प्रधानमन्त्री ओलीले गलत हल्ला फैलाएको सांसद थापाको आरोप छ।
‘संवैधानिक परिषदसम्बन्धी अध्यादेश ल्याएर असंवैधानिक नियुक्ति गर्ने, त्यसको विरोध गर्दा एसिड आक्रमणविरुद्धको अध्यादेश फेल गर्न खोजे भनेर डंका पिट्ने? झुट प्रधानमन्त्रीज्यू,’ सांसद थापाले सामाजिक सञ्जालमार्फत भनेका छन्, ‘एसिड आक्रमण र महिलामाथि हुने हिंसाविरुद्धका अध्यादेश त अझ सुधार गरेर कानुन बनाउन हामी सदनमा प्रतीक्षारत छौं।’

प्रतिक्रिया