ad ad

समाज


अम्बानीको घर आगडि विस्फोटक पदार्थसहित भेटिएको कारका मालिक मृत फेला, घटना गहिरियो

अम्बानीको घर आगडि विस्फोटक पदार्थसहित भेटिएको कारका मालिक मृत फेला, घटना गहिरियो

नेपालखबर
फागुन २३, २०७७ आइतबार ११:२८,

व्यापारी मनसुख हिरनको कार चोरी गरी अपरिचित समूह जैस–उल–हिन्दले अम्बानीको घर अगाडि उक्त विस्फोटक पदार्थ राखेका थिए।

गाडीमा एउटा चेतावनी पत्र पनि भेटिएको थियो। पत्रमा अम्बानीको परिवारलाई नै बम पड्काएर हत्या गर्ने बताइएको थियो।

जैस–उल–हिन्दले अम्बानीसँग डिजिटल मुद्रामार्फत पैसाको माग गरेको थियो। सो घटनासँगै हाल यो आतंक मच्चाउने समूहको बारेमा भारतमा बृहत अनुसन्धान सुरुवात भएको छ। अम्बानीको परिवारलाई हाल विशेष सुरक्षा प्रदान गरिएको छ।

अम्बानीलाई ज्यान मार्ने धम्की दिएपछि र यतिबेला कार मालिक मनसुख हिरन मृत भेटिएसँगै जैस–उल–हिन्द समूहको त्रास झनै बढेर गएको छ।

यो घटना झनै रहस्यमयी बन्दै गएको छ। मनसुखको शरीरमा कुनैपनि किसिमको चोट नदेखिएको प्रहरीले बताएका छन्। उनको मृत्यु कसरी भयो भनेर पोस्टमार्टम रिपोर्टले थप बनाउने जनाइएको छ।

मनसुखको शव एउटा नदीको ५० देखि ६० मिटर तल बरामद गरिएको हो। प्रहरीले यस घटनामा जैस–उल–हिन्द समूहको पाटोबाट पनि अध्ययन गरिरहेको छ। बीबीसीहिन्दी

यो पनिः भारतीय खर्बपति अम्बानीलाई ज्यान मार्ने धम्की दिने जैस–उल–हिन्द कस्तो समूह हो?

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .