ad ad

समाज


भारतीय खर्बपति अम्बानीलाई ज्यान मार्ने धम्की दिने जैस–उल–हिन्द कस्तो समूह हो?

भारतीय खर्बपति अम्बानीलाई ज्यान मार्ने धम्की दिने जैस–उल–हिन्द कस्तो समूह हो?

नेपालखबर
फागुन १६, २०७७ आइतबार १२:३७,

गत बिहीबार अम्बानीको घर नजिकै एक गाडीमा बिस्फोटक पदार्थसहित चेतावनी पत्र भेटिएको थियो। उक्त गाडी आफैंले अम्बानीको घर नजिक राखेको जैस–उल–हिन्दले जिम्मा लिएको हो।

टाइम्स नाउँ न्युजकाअनुसार आइतबार टेलिग्राफ एपको माध्यमबाट उसले घटनाको जिम्मा लिँदै मोटो रकमसमेत माग गरेको छ।

विद्युतीय मुद्रा बिटक्वाइनमार्फत् पैसा बुझाउन भनिएको समाचारमा जनाइएको छ।

अनुसन्धान एजेन्सीलाई चुनौती दिँदै जैस–उल–हिन्दले आइतबार भनेको छ, ‘रोक्न सक्छौं भने रोक, तिमीले केही गर्न सक्दैनौं। हामीले तिम्रो नाकैमुनि दिल्ली इजरायली दूतावासमा हमला गर्दा तिमीले केही गर्न सकेनौं।’

यस्तै पत्रको अन्तिममा अम्बानीलाई चेतावनी दिइँदै भनिएको छ, ‘तिमीलाई थाहा छ कि तिमीले के गर्नुपर्छ। बस्, पैसा पठाइदेऊ, जुन तिमीले पहिले गरेका थियौ।’

यसअघि बिहीबार विस्फोटक पदार्थसहित भेटिएको पत्रमा लेखिएको थियो,‘मुकेश दाइ तथा नीता भाउजू, यो त झलक मात्रै हो। अर्कोपटक यो सामान पूर्ण रूपमा जडान गरिनेछ। ओरिजिनल गाडीमा आउनेछ। तपाईंको सबै परिवार उडाउने योजना छ। सचेत रहनुस्।’

जैस–उल–हिन्द कस्तो समूह हो?

यसअघि दिल्लीस्थित इजरायली दूतावासबाहिर भएको विस्फोटनको जिम्मेवारी पनि यसै जैस–उल–हिन्द समूहले लिएको थियो।

अम्बानी साथै उनको परिवारलाई ज्यान मार्ने धम्की आएपछि यतिबेला भारतका सुरक्षा ब्युरोहरुले तीव्र अनुसन्धान थालेका छन्।

हालसम्म यो समूह कस्तो समूह हो भनेर पत्ता लाग्न सकेको छैन। यो अज्ञात समूह भएको प्रहरीको भनाइ छ।

यो अज्ञात समूहबाट आतंक मच्चिन थालेपछि यसले ठूलो आतंकवादी संगठनको साथ पाएको पनि अनुमान गरिएको छ।

याे पनि : 

मुकेश अम्बानीको घरनजिक छाडिएको गाडीभित्र जब जिलेटिन र ‘तिम्रो परिवारै उडाइदिन्छु’ भन्ने पत्र भेटिए...

अम्बानीलाई ज्यान मार्ने धम्कीः पत्ता लाग्यो कार मालिक, अभियुक्त पक्राउ पर्न बाँकी

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .