ad ad

समाज


खातामा रकम नभएको चेक दिएर ठगी गर्ने महिला पक्राउ

खातामा रकम नभएको चेक दिएर ठगी गर्ने महिला पक्राउ

नेपालखबर
फागुन २३, २०७७ आइतबार १०:५९,

खातामा पर्याप्त रकम नभएको चेक दिएर ठगी गरेको आरोपमा काठमाडौंमा एक महिला पक्राउ परेकी छन्।

पक्राउ पर्नेमा काठमाडौं महानगरपालिका–४ की ४३ वर्षीया भावना श्रेष्ठ रहेकी छन्।

श्रेष्ठले गत २०७५ पुस ३ र १८ गते आफ्नो खातामा पर्याप्त मौज्दात रकम नभएको भन्ने जानी–जानी झुक्यानमा पारी राष्ट्रिय वाणिज्य बैंक लिमिटेड, शाखा कार्यालय टंगालमा रहेको आफ्नो खाताबाट भुक्तान हुने गरी चेकहरु काटी पीडितलाई दिएको प्रहरीले जनाएको छ।

पीडित जाहेरवाला नारायणप्रसाद वेलवासेको जाहेरीले उच्च अदालत पाटनको गत पुस २९ गतेको फैसलाले भावना श्रेष्ठलाई दुई दिन कैद र विगो बमोजिम १६ लाख रुपैयाँ जरिवाना हुने ठहर भएको थियो ।

उक्त सजाय वेरुजू रही फरार रहेकी प्रतिवादीलाई केन्द्रीय अनुसन्धान ब्यूरोबाट फैसला कार्यान्वयन तथा फरार प्रतिवादीहरुको खोजतलास एवं पक्राउको लागि परिचालित प्रहरी टोलीले आइतबार चण्डोल, काठमाडौंमा लुकीछिपी बसिरहेको अवस्थामा पक्राउ गरेको हो।

उनलाई आजै फैसला कार्यान्वयनको लागि काठमाडौं जिल्ला अदालतमा पेश गरिएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .