नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सर्वोच्च अदालतको फैसला अनपेक्षित भएको बताएका छन्।
आइतबार सार्वोच्च अदालतले नेपाल कम्युनिस्ट पार्टी (नेकपा) नाम विवादको फैसला गर्दै ऋषि कट्टेल नेतृत्वको नेकपालाई मान्यता दिएपछि प्रचण्डले यस्तो प्रतिक्रिया दिएका हुन्।
‘फैसलाको राम्रोसँग अध्ययन गर्न पाएको छैन । तर, जे फैसला आएको छ त्यो अपेक्षा गरेभन्दा फरक छ’, सिंहदरबारस्थित संघीय संसद् सचिवालयबाट बाहिरिने क्रममा पत्रकारसँग प्रचण्डले भने।
प्रतिक्रिया