समाज


चलिरहेको गाडीबाट लाखाैंको मोबाइल सेट चोरी, चार जना पक्राउ

चलिरहेको गाडीबाट लाखाैंको मोबाइल सेट चोरी, चार जना पक्राउ

नेपालखबर
फागुन २१, २०७७ शुक्रबार ११:३५,

काठमाडौंबाट डडेल्धुरा जाँदै गरेको गाडीबाट ५२ थान मोबाइल सेट चोरी गरेकाे आराेपमा चार जना पक्राउ परेका छन्।

पक्राउ पर्नेमा भारत बिहार घर भइ ललितपुरको प्रयागपोखरी बस्ने जहिर अन्सारी (वर्ष३२), काठमाडौंको कपन बस्ने दिपेश श्रेष्ठ (२७), चितवन भरतपुर महानगरपालिका–११ घर भइ हाल कपन बस्न अमित राना मगर (२९) र असनका बिक्रम शाही (३३) रहेका छन्।

प्रहरीका अनुसार ललितपुरको कुपण्डोलबा स्थित ट्राकन कुरियर एण्ड कार्गो कम्पनीले जिल्ला ललितपुर सानेपा स्थित एमआई सोरुमसँग सम्झौता गरी डडेलधुरा स्थित उग्रतारा मार्केटिङको लागी भनी पठाउन लागेको एमआई कम्पनीको एमआई रेड्मी९ मोबाइल सेटहरु डल्लुबाट कालीमाटी हुँदै परोपकार जाने क्रममा परोपकार स्थित सडकखण्डमा चलिरहेको गाडीबाट निकालेका थिए।

उनीहरुले ती मोबाइल सेट चोरी गरी चाबहिल स्थितमोबाइल पसल सञ्चालन गरी बस्ने अमित राना मगरसँग डिल गरी अमितले ललितपुर प्रयागपोखरीमा मोबाइल पसल सञ्चालन गरी बस्ने भारत घर भएका जहिर अन्सारीलाई भेटाई नगद पाँच लाख ५० हजारमा बिक्री गरेको प्रहरीले जनाएको छ।

विशेष सूचनाको आधारमा अपराध महाशाखा र महानगरीय प्रहरी वृत्त, जनसेवाको संयुक्त प्रहरी टोलीले ५२ मोबाइल सेटसहित उनीहरुलाई पक्राउ गरी थप कानुनी कारबाहीको लागी महानगरीय प्रहरी वृत्त, जनसेवा पठाइएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad