राजनीति


प्रचण्ड–नेपाल पक्षमा थपिए सांसद

प्रचण्ड–नेपाल पक्षमा थपिए सांसद

नेपालखबर
फागुन २१, २०७७ शुक्रबार ११:२५,

प्रचण्ड–नेपाल नेतृत्वको नेकपामा १ सय १५ जना सांसद रहेको पाइएको छ।

शुक्रबार बसेको संसदीय दलको बैठकमा १ सय ११ जना सांसद उपस्थित भएको सो पक्षका नेताहरुले जानकारी दिएका छन्।

त्यसबाहेक आफू पक्षका थप चारजना सांसद उपत्यकाबाहिर रहेकोले उनीहरु आजको बैठकमा उपस्थित हुन नसकेको सांसद कृष्णभक्त पोखरेलले बताए।

उनका अनुसार योगेश भट्टराई लगायतका सो पक्षका केहि नेताहरु काठमाडौंबाहिर छन्।

संघीय संसदको प्रतिनिधि सभा र राष्ट्रिय सभा दुवैमा रहेका यो प्रचण्ड–नेपाल पक्षका सांसदहरुको संख्या हो।

प्रचण्ड–नेपाल पक्षमा राष्ट्रिय सभामा २४ सांसद छन्। बाँकी सबै सांसदहरु प्रतिनिधि सभाका हुन्।

आइतबार बस्ने संसद बैठक अघि प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गर्ने उनीहरुको तयारी छ।

सोहि तयारीस्वरुप प्रचण्ड–नेपाल पक्षले शुक्रबार संसदीय दलको बैठक राखेको हो।

सोहि बैठकले पार्टीको संसदीय दलको नेताबाट प्रधानमन्त्री केपी शर्मा ओलीलाई हटाएर सो पदमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई चयन गरेको छ।

आजको प्रचण्ड–नेपाल पक्षको बैठकमा माया ज्ञवाली पनि उपस्थित थिइन्।

यसअघि कुनैतर्फ प्रष्ट रुपमा नखुलेकी सांसद माया केहि दिनपहिले ओली पक्षतर्फ खुलेको बताइएको थियो।

यो पनि : 
माया ज्ञवाली प्रचण्ड–नेपाल पक्षको संसदीय दलमा उपस्थित

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad