ad ad

समाज


अमेरिकी सेना रहेका इराकी सैन्य बेसमा बुधबार बिहानै १० रकेट आक्रमण

अमेरिकी सेना रहेका इराकी सैन्य बेसमा बुधबार बिहानै १० रकेट आक्रमण

नेपालखबर
फागुन १९, २०७७ बुधबार ७:४९,

समाचार संस्था एपीका अनुसार स्थानीय समयअनुसार बिहान ७ बजेर २० मिनेट जाँदा अन्बर प्रान्तको अल–असद एयरबेसमा आक्रमण भएको हो।

हालसम्म यस घटनामा भएको हताहतीको विषयमा केही जानकारी प्राप्त भएको छैन।

हालै अमेरिकाले इरानको समर्थन प्राप्त लडाकु समुहको अखडामा आक्रमण गरेका थिए। इराक र सिरियाको सीमामा सो आक्रमण भएको थियो।

सो घटनापछि बुधबार अमेरिकी सेना रहेका इराकको एयर बेसमा आक्रमण भएको हो।

अमेरिकी रक्षामन्त्रालयले यो आक्रमण गतहप्ताको सैन्य हमलाको प्रतिक्रिया भएको हुनसक्ने आशंका व्यक्त गरेको छ।

इरानले परमाणु कार्यक्रमलाई निरन्तरता दिन युरेनियम प्रशोधनलाई तीव्रता दिइरहँदा अमेरिकाले गतवर्षको जनवरी ३ मा इरानी सैन्य कमाण्डर कासिम सुलेमानीलाई आतंकवादीको संज्ञा दिँदै ड्रोन आक्रमण गरेर उनको हत्या गरेको थियो।

त्यसयता इरान र अमेरिकाको सम्बन्ध थप बिग्रिएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .