ad ad

अटो


बंगलादेशमा १ अर्ब लगानीमा विद्युतीय सवारीसाधन उत्पादन गर्दै भारतीय कम्पनी ओमेगा

बंगलादेशमा १ अर्ब लगानीमा विद्युतीय सवारीसाधन उत्पादन गर्दै भारतीय कम्पनी ओमेगा

नेपालखबर
फागुन १९, २०७७ बुधबार ७:४०,

भारतीय अटोमोटिभ तथा रेलका पार्टपुर्जा उत्पादन गर्ने कम्पनी ओमेगा सेइकीले बंगलादेशमा विद्युतीय सवारीसाधन उत्पादन गर्ने भएको छ ।

बंगलादेशी मिडियाहरुका अनुसार कम्पनीले ढाकानजिकै विद्युतीय सवारीसाधनको कारखाना स्थापना गर्न एक अर्ब भारु लगानी गर्ने भएको हो । यसको सञ्चालन भने ओएसएम–बंगलादेशले गर्नेछ।

यो कम्पनी आंग्लियन ओमेगा ग्रुपको सब्सिडरी (सहायक) कम्पनी हो । ओमेगा सेइकीले अहिले भारतमा उत्पादन प्लान्ट सञ्चालन गरिरहेको छ । भारतका आईएमटी फरिदाबाद र आईएमटी मानेसर हरियाणामा कम्पनीको प्लान्ट छ ।

ओमेगा सेइकी मोबिलिटीका प्रमुख उदय नारांगले छिमेकी देशमा कम्पनीका सवारीसाधनले राम्रो प्रतिक्रिया पाउने बताए । बंगलादेशमा उत्पादित सवारीसाधन ओएसएम ब्रान्डमा रहेर स्थानीय साझेदार र फ्रेन्चाइजमा बिक्रीवितरण हुने बताइएको छ।

कम्पनीकै प्रबन्धनिर्देशक देव मुखर्जीले विश्व अटो क्षेत्रमा द्रुतगतिमा भइरहेको विद्युतीयकरणसँगै बंगलादेशमा पनि यो लहर सुरु हुनुपर्ने बताए ।

ट्राफिक समस्या र प्रदूषण रोक्न पनि दुईपांग्रे र तीनपांग्रे सवारीसाधनको विद्युतीय रुपान्तरण आवश्यक रहेको उनको भनाइ छ । कम्पनीले उत्पादन गर्ने सवारीसाधनमा लि–आयोन ब्याट्री प्रयोग हुनेछ ।

यसको प्रविधि भने भारतबाट ल्याइनेछ। पछि यसको पूरै स्थानीयकरण हुने र बंगलादेशबाट अन्य देशमा निर्यात समेत गर्ने गरी सोचिरहेको उनले बताए । बंगलादेशबाट ३९ वटा देशमा निर्यात हुँदा अहिले शून्य कर लाग्ने नीति छ । यसमा भारत पनि पर्छ ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .